
काठमाडौं, भदौ २७ :
जेनजी आन्दोलनमा ज्यान गुमाएका चारजनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि उनीहरुका अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको पोस्टमार्टमसँगै शव हस्तान्तरण
अन्तिम बिदाइमा अभिभावक, आफन्त र जेनजीहरु सहभागी थिए । आर्यघाटको दृष्य निकै कारुणिक देखिन्थ्यो ।यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।