
काठमाण्डौं, असोज २ :
भियतनाममा यही सेप्टेम्बर १४ देखि सुरु भएको अन्तर्राष्ट्रिय मिस कस्मो २०२४ मा नेपालको तर्फबाट निमिता रेग्मीले प्रतिनिधित्व गरिरहेकी छिन् ।
गएको शनिबारबाट सुरु भएको सो प्रतियोगितामा भाग लिन निमिता शुक्रबार भियतनाम गएकी हुन् ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता अक्टोबर ५ सम्म चल्नेछ ।
मिस कस्मो-२०२४ प्रतियोगितामा अमेरिका, ब्राजिल, क्यानाडा, बेलायत, भारत, अष्ट्रेलिया, ईटली, जापान लगायत विश्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैँछन् ।
निमिता कस्मो इञ्जिनियरिङ कलेजमा आर्किटेक्चर विषयमा स्नातक तह अध्ययनरत छिन् ।
उनले नेपाली कला, संस्कृति, सांस्कृतिक सम्पदा र नेपाली पर्यटन प्रवर्द्धनमा जोड दिने बताएकी छिन ।