शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मकर तस्बिर ।
काठमाडौं, भदौ ३० :

काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा आज मृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार