काठमाडौं, असोज ७ :

एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्यंगना सीता सुवेदीको  निधन भएको छ।  उनको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

१ महिनादेखि भेन्टिलेटरमा रहेकी उनको उपचारका क्रममा साढे ६ बजे निधन भएको हो। परिवारका अनुसार सीता ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्।

उनलाई १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो। सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुग्यो । मिसेस नेपाल वर्ल्डको प्रतियोगितामा म्यानेजमेन्ट च्वाइस अवार्ड’ सहित उनले ‘मिसेस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि समेत जितेकी थिइन्।