शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार प्रदेश कर्णाली प्रदेश

सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण सामग्री प्रदान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण सामग्री प्रदान
हुम्ला, असोज १३ :

हुम्लाको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ । आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।

प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण, सरसफाइका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए । उक्त उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाइ गर्न सहयोग गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गरेको हो ।

गाउँपालिकाभरी २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु छन् । उनीहरु सबैलाई ती सामग्री वितरण गरिएको उनले बताए । स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सहयोग गरिएका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, च्यवनप्रास छन्भने सरसफाइका सामानमा बाटा, बाल्टी, साबुन छन् ।

त्यसैगरी ग्रिनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ को थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाइसम्बन्धी सामान प्रदान गरिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार