शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० असोज, २०८२ मा प्रकाशित
निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल जारी
काठमाडौं, असोज ३० :

निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल जारी रहेको छ । अहिले निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल भइरहेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुसँग छलफल सुरु गरेको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकेको छ । राजनीतिक दलहरुसँग निर्वाचनबारे कुनै छलफल नै नगरिएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ । नेकपा एमालेसहितका नेपाली कांग्रेस लगायत राजनीतिक दलहरुले संसद पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । 

नेकपा एमालेले संसद पुनःस्थापनाका लागि अदालत जाने निर्णय समेत गरिसकेको छ भने नेपाली कांग्रेसले पार्टीको केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्नेछ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरुले भने निर्वाचनको तयारी थाल्ने बताइसकेका छन् । 

निर्वाचन आयोगले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र) का देव गुरुङ, लिलामणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् । निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधार र निर्वाचन आयुक्त सगुन शमशेर जबरा सहभागी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार