शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

कास्की कारागारबाट फरार कैदीले गरे आत्महत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
कास्की कारागारबाट फरार कैदीले गरे आत्महत्या
कास्की, कात्तिक ३ :

जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदी आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भएका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उनले सम्बन्धमा रहेकी एक महिलाको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएका थिए  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार