शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार

गायिका नितु पौडेल मृत्यु प्रकरण : गायक बाबुल गिरीविरुद्ध परिवारको जाहेरी

नितु र बाबुलबीच पछिल्ला ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
गायिका नितु पौडेल मृत्यु प्रकरण : गायक बाबुल गिरीविरुद्ध परिवारको जाहेरी
काठमाडौं, कात्तिक ७ :

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका परिवारले गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गरेका छन्। नितुका दाइ गणेश पौडेलले कर्तव्य ज्यानको आरोपमा सिंहदरबार प्रहरी वृत्तमा गिरीविरुद्ध जाहेरी दिएका हुन्।

गणेश पौडेलले आफ्नी बहिनीको मृत्यु ‘सामान्य आत्मदाह होइन, योजनाबद्ध हत्या’ भएको दाबी गरेका छन्। ‘म जाहेरी लिएर प्रहरी कार्यालय पुगेको छु। अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ,’ गणेशले बताएका छन्।

उनका अनुसार नितु र बाबुलबीच पछिल्ला ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो। गणेशले बहिनीलाई दुई जनामात्र रहेको कोठाभित्र जलाइएको आरोप लगाएका छन्। सो घटनापछि प्रहरीले गायक गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज ( शुक्रबार) बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको थियो।

गत १ कात्तिकमा नितुले गायक बाबुल गिरीको स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेको बताइएको छ। आगो निभाउने क्रममा गिरी स्वयं पनि सामान्य रूपमा घाइते भएको बताएका छन्।

यो पनि पढ्नुहोस्

आत्मदाह प्रयास गरेकी गायिका पौडेलको उपचारको क्रममा मृत्यु
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार