बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार

ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

· शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौं, कात्तिक ८ :

प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् ।  अर्थमन्त्री खनालले भने, “तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।”

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार