बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार राजनीति

सडकमा प्रदर्शन नगरौँ,सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

· शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
सडकमा प्रदर्शन नगरौँ,सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल
काठमाडौं, कात्तिक ८ :

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि कुराकानी गर्दै उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे।
“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।  

“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने ।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उहाँले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार