बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार विदेश

अमेरिका जापानबीच रेयर अर्थ सम्झौता,ट्रम्पद्वारा नयाँ सुनौलो युगको घोषणा

· मंगलबार, ११ कात्तिक, २०८२ मा प्रकाशित
अमेरिका जापानबीच रेयर अर्थ सम्झौता,ट्रम्पद्वारा नयाँ सुनौलो युगको घोषणा
काठमाडौं, कात्तिक ११ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानकी नयाँ निर्वाचित प्रधानमन्त्री सानाए ताकाइचीसँग दुर्लभ खनिज रेयर अर्थ सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

ताकाइचीका लागि प्रारम्भिक परीक्षा मानिएको उक्त भेटमा दुबै नेताहरूले आफ्नो देशबीचको सम्बन्धलाई नयाँ सुनौलो युगमा प्रवेश गरेको घोषणा गरेका छन्।जापानबाट अमेरिकातर्फ हुने निर्यातमा अब १५ प्रतिशत शुल्क लागू हुनेछ । जुन पहिले नै सहमति भएको भए पनि मंगलबार मात्र अन्तिम रूपमा पारित गरिएको हो।

ट्रम्पका टिप्पणीहरूले उनले ताकाइचीप्रति निकै सद्भाव देखाइरहेको संकेत गर्छन्। ट्रम्पले सन् १९७७ देखि १९८३ बीच उत्तर कोरियाले अपहरण गरेका जापानी नागरिकका परिवारसँग भेट्दै भने, “हामीले उनीहरूलाई फर्काउन सक्ने हदसम्म सबै प्रयास गर्नेछौं।”

जापान भ्रमणपछि ट्रम्प दक्षिण कोरिया प्रस्थान गर्दैछन् । जहाँ उनले चिनियाँ नेता सी जिन पिङसँग भेट गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार