बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार कोसी प्रदेश

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

· शनिबार, १५ कात्तिक, २०८२ मा प्रकाशित
पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित
खोटाङ, कात्तिक १५ :

पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् ।

तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताए । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उनले भने, “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।”

कृषकले लगाएको धानबाली पाकेर पहेँलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए । “यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ”, उनले भने, “क्षतिको विवरण जुटाउने काम भइरहेको छ । अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौँ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती गर्ने गरिएको छ । विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो । तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन् ।

जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए । वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकहरूले जनाएका छन् ।

लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जी लगायतका हिउँदे बालीलाई केही राहत मिलेको कृषकहरूले बताएका छन् । यद्यपि, धान बाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धान बालीमा ठूलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ ।  
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार