बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार विदेश

क्याम्ब्रिजशायरमा यात्रारत रेलमा भएको छुरा आक्रमणमा दश जना घाईते,इङ्ग्ल्यान्ड र वेल्समा छुरा अपराध बढ्दो क्रममा

· आइतबार, १६ कात्तिक, २०८२ मा प्रकाशित
क्याम्ब्रिजशायरमा यात्रारत रेलमा भएको छुरा आक्रमणमा दश जना घाईते,इङ्ग्ल्यान्ड र वेल्समा छुरा अपराध बढ्दो क्रममा
काठमाडौं, कात्तिक १६ :

इङ्ग्ल्यान्डको पूर्वी भाग क्याम्ब्रिजशायरमा यात्रारत रेलमा भएको छुरा प्रहार आक्रमणमा दश जना  घाईते भएका छन् । ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको समाचार छ । घाइतेहरुको उपचार भईरहेको छ ।  

क्याम्ब्रिजशायर प्रहरीले दुई जनालाई पक्राउ गरेको पुष्टि गरेको छ । घटनास्थल हन्टिङ्डन स्टेशनमा प्रहरी अधिकारीहरू प्रतिक्रिया दिँदै गरेको तस्वीरहरू पनि सार्वजनिक भएका छन्।
प्रहरीले यस घटनालाई मुख्य घटना घोषणा गरेको छ ।  

यो आक्रमण डनकास्टरबाट लन्डन किङ्स क्रसतर्फ जाँदै गरेको रेलमा बेलुकी ६:२५ बजे भएको थियो।

प्रधानमन्त्री कियर स्टार्मरले क्याम्ब्रिजशायरको यस भयानक घटनालाई गम्भीर रूपमा चिन्ताजनक बताउँदै स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन्।

बेलायतमा सरकारी तथ्यांक अनुसार, सन् २०११ देखि  छुरा अपराध निरन्तर रूपमा बढ्दो क्रममा रहेको छ।

यो समस्या यति गम्भीर बनेको छ कि सर कियर स्टार्मरले यसलाई राष्ट्रिय संकटका रूपमा वर्णन गरेका छन्।

गत वर्ष भरमा सरकारको व्यापक कारबाही अन्तर्गत करिब साठी हजार छुरा प्रहरीले नियन्त्रणमा लिएका वा जनताबाट बुझाइएका छन्। सार्वजनिक ठाउँमा छुरा बोक्दा चार वर्षसम्मको जेल सजाय हुन सक्छ।

हिजो राति हन्टिङ्डन रेलमा भएको छुरा प्रहार र गत महिनाको म्यानचेस्टरको एउटा सिनागोग यहूदी प्रार्थनास्थलमा भएको छुरा आक्रमण,जसमा दुई जनाको मृत्यु भएको थियो,यी दुवै घटना अन्तर्राष्ट्रिय स्तरमा शीर्ष समाचार बनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार