काठमाडौं, कात्तिक १६ :

प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीलाई डाकेर छलफल गरेकी छन्।

बैठकमा कोसी प्रदेशका हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी छन्।

संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउन प्रधानमन्त्रीले छलफल गरेकी हुन् । यो बैठकले संघ–प्रदेशबीच रणनीतिक सहकार्य तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।