काठमाडौं, मंसिर २ :

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै आवश्यक मर्मत तथा रिकभरीको काम भइरहेको बताए। उनका अनुसार, साइट ह्याक भए पनि डाटाबेस सुरक्षित रहेको प्रारम्भिक बुझाइ छ।

विभागको वेबसाइट अहिले पूर्णरूपमा बन्द छ। कसले र कहाँबाट ह्याक गरेको हो भन्नेबारे अनुसन्धान शुरू भएको काफ्लेले जानकारी दिए। ह्याक भएको केही बेरपछि वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गर्ने सूचना प्रकट भएको थियो, तर हाल त्यो सन्देश हटाइसकिएको छ।

हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विवरण प्रयोग गर्दै आएको थियो।