बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

देशभरको मौसम सफा रहने पूर्वानुमान

· बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौं, मंसिर ३ :

हाल देश भर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार