काठमाडौं, मंसिर ५ :

सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।

अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए।

जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ । 

May be an image of ticket stub and text that says 'dam ትማያያ S들기 SUSHMA KOIRALA MEMORIAL HOSPITAL ESTD:B.S.2054 2054 ESTD: आगोले पोलेका तथा जलनमा परेका १5 वर्ष भन्दामुनी का बालबालिकाहरुको निःशुल्क उपचार सम्वन्थी सूचना यस सुषमा कोईराला मेमोरियल अस्पताल मा आगोले पोलेका तथा जलनमा परेका ੴ वर्ष भन्दामुनीका बालवालिकाहरुको नि:शुल्क उपचार गरिने कुरा सम्बन्धीत सवैमा जानकारी गराईन्छ थप जानकारीको लागी ၁9 YYY으크상독 클시 वा ९५२१३१००७६ मा सम्पर्क गन सकिनेद्दर प्रशासन प्रशासनविभाग Ammuo विभाग २०દરजારે २०६ GPO BoxN No. 13227 Shankharapur-6 Shankharapur-6,Kathmadu,Nepa 128tktaet/i7/17313 Kathmadu. @+977-1-4450826/450740/450304 お0'