
बाजुरा, मंसिर १६ :
बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ। आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।
आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।
दमकल साधन उपलब्ध नभएकाले स्थानीयवासीले प्रहरीको सहयोगमा धारो, बाल्टिन र उपलब्ध स्रोत-साधन प्रयोग गरी आगो निभाएका हुन्। आज दिउँसो करिब १२:२० बजेबाट आगलागी सुरु भएको थियो ।