सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
समाचार प्रदेश बागमती प्रदेश

गोठाटारमा दाहाल समाजको आध्यात्मिक कार्यक्रम सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
गोठाटारमा दाहाल समाजको आध्यात्मिक कार्यक्रम सम्पन्न
काठमाडौं, मंसिर १९ :

विश्व बन्धुत्व र भातृभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले दाहाल समाजले धान्यपूर्णिमाका अवसरमा गोठाटारस्थित देवाली डाँडामा गरेको परम्परागत धार्मिक तथा आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रीय सम्पर्क कार्यालयद्वारा आयोजित कार्यक्रममा कुलदेवी बिन्देबासिनी र अग्नि बेतालको धार्मिक विधिअनुसार पूजा, अर्चना तथा होम-होमादी गरिएको थियो।

शिक्षाविद, साहित्यकार तथा समाजसेवी प्रा. डा. रामप्रसाद दाहालले  गोठाटारका उत्साही युवाहरू तथा ८५ वर्षीय शिवप्रसाद दाहालको सक्रियताले यो परम्पराले निरन्तरता पाउँदै आएको उल्लेख गरे।

उनका अनुसार यस्ता कार्यक्रमहरूले आपसी प्रेम, संस्कार, सद्भाव, बन्धुत्व र अपनत्व मजबुत बनाउने भूमिका निर्वाह गर्दै आएका छन्। सो अवसरमा नेपालभरिका दाहाल समुदायका सदस्यहरूको सहभागिता रहेको आध्यात्मिक तथा सामाजिक व्यक्तित्व हरिकृष्ण दाहालले जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार