
फाइल तस्बिर ।
काठमाडौं, पुस ८ :
जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले लेखकलाई ७ दिनभित्रमा उपस्थित हुन पत्र पठाएको जानकारी दिए। भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ। ओलीले भने आयोगमा बयान दिन नआउँने जिकिर गर्दै आएका छन्।
यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिइसकेको छ। यसैबीच लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् ।साथै उनले बयान दिन जाने नजाने विषयमा आफूले निर्णय गरिनसकेको बताए ।