काठमाडौं, पुस ९ :

सहरी विकासमन्त्री कुलमान घिसिङले आफू राजनीतिबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन् ।  उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले चुनावमा जान मन्त्री पदबाट राजीनामा दिन सक्ने संकेत गरे । उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने वा नदिने विषयमा निर्णय हुने उनको भनाइ थियो ।

‘मन्त्री भएपछि राजनीतिमा इन्ट्री भएको हो,’ उनले भने, ‘जुन बेला उम्मेदवारीको समय आउँछ, त्यतिबेला उपयुक्त निर्णय गर्छौं।’

आगामी निर्वाचनमा नयाँ शक्ति एक भएर अघि बढ्ने विषयमा सहमति बनेको भन्दै उनले सहकार्य भइरहेको जानकारी दिए ।‘अहिलेको सरकार चुनाव गराउने जिम्मेवारीसहित बनेको सरकार हो,’ उनले भने, ‘चुनावमा जाँदा सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एकमत छौँ । देशमा परिवर्तनलाई संस्थागत गर्न र सक्षम नयाँ नेतृत्व ल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ ।’