शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश मधेस प्रदेश कृषि

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँः मुख्यमन्त्री यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँः मुख्यमन्त्री यादव
महोत्तरी, पुस १६ :

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले  कृषिसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

“मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ”, मुख्यमन्त्री यादवले भने, ‘त्यसैले दुई वर्षभित्र सम्पन्न हुनेगरी सिँचाइसम्बन्धी आयोजना अघि बढेका छन् ।’ सिँचाइसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई सहयोगका कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए ।

मधेस कृषिका लागि उर्बर भए पनि खेतीपातीका लागि आवश्यक संसाधन नहुँदा किसानले अपेक्षित उत्पादन लिन नसकेका मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउँदै किसानलाई सहयोग गर्नेमा केन्द्रित हुने उनले बताए ।

सो अवसरमा मुख्यमन्त्री यादवले मधेसको शिक्षा र स्वास्थ्य अवस्था उक्साउन विशेष योजनाका साथ काममा लाग्न जरुरी रहेको उल्लेख गरे । यसैगरी प्रदेशकै मध्यमा पर्ने बर्दिबासबाट ढल्केबरसम्म पर्यटन पूर्वाधारका विशेष योजना बनाइने उनले जानकारी दिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार