आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन कांग्रेसको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन कांग्रेसको आग्रह
काठमाडौं, पुस २४ :

नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो आग्रह गरेको हो । पार्टीले वैशाखमा नियमित महाधिवेशन आह्वान गरिसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नभएको जनाउँदै प्रतिनिधिहरुलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरिएको कांग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हस्ताक्षर फिर्ता लिने उक्त निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका छन्।आजको बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन् । विशेष महाधिवेशन नरोकिने भन्दै पक्षधरले तयारी तीव्र पारेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार