आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश कर्णाली प्रदेश

भारतमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
भारतमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
हिमाचल, पुस २९ :

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका दुई परिवारका ९ जनाको ज्यान गएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका उनीहरूको मृत्यु भएको हो।

हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा सोमबार राति सुतिरहेको अवस्थामा पसलमा अचानक आगलागी भएको र त्यसपछि ग्यास सिलिन्डर विस्फोट हुँदा ठुलो क्षति भएको बताइएको छ।

मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्। मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।

धनबहादुर विक र काशिराम विकका परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए। आगलागीको जानकारी पाएपछि नजिकैको अर्को घरमा सुतेका चार जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण अढाई वर्षअघि टाकुरा बस्तीका केही परिवार भारत गई मजदुरी गर्दै आएका थिए। दुई परिवारका ९ जनाको एकैसाथ मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार