शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो #कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो
राजनीति

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लाग्यो : अध्यक्ष घिसिङ

‘पार्टी सफा भयो, अब देशलाई पनि सफा गर्छु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
अँध्यारोबाट बाहिर निस्किन १२ दिन लाग्यो : अध्यक्ष घिसिङ
काठमाडौं, माघ १ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताए । 

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरुका लागि निकै कठिन भएको उनको भनाइ छ । पदीय भागबन्डा र केही बुँदामा असमझदारी भएपछि घिसिङ रास्वपाबाट १२ दिनमा नै अलग भएका हुन् । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे । 

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सबै पार्टी पुरानो भइसकेको धारणा व्यक्त गरे । जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार