काठमाडौं क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि थलीस्थित वडा नं. ५ को कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले विज्ञप्ति जारी गर्दै कार्यालय स्थापना भएको जानकारी दिएका छन् ।
आयोगका अनुसार काठमाडौं जिल्ला क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही यही कार्यालयबाट सञ्चालन हुनेछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।