आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश

काठमाडौं क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
काठमाडौं क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा
काठमाडौं, माघ ४ :

काठमाडौं क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि थलीस्थित वडा नं. ५ को कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले विज्ञप्ति जारी गर्दै कार्यालय स्थापना भएको जानकारी दिएका छन् ।

आयोगका अनुसार काठमाडौं जिल्ला क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही यही कार्यालयबाट सञ्चालन हुनेछ । निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार