
फाइल तस्बिर ।
काठमाडौं, माघ १२ :
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मदिरा सेवन गरेर सवारी सधान चलाउने १३ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार सोमबार बिहान सरप्राइज चेकिङका क्रममा १०३ जना सवारी चालक कारबाहीमा परेकोमा १३ जना भने मदिरा सेवन गरेर सवाली चलाएको अवस्थामा भेटिएका थिए।
कारबाहीमा पर्ने १३ जना मध्ये १२ बस , पानी ट्याङ्कर, हाइस माइक्रो, फोर्स गाडी, मिनी ट्रक तथा फोहोर बोक्ने गाडीका चालक भएको ट्राफिक प्रहरीले जनाएको छ ।