
काठमाडौं, माघ १६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएर लडेका थिए। सिटौलाको टाउकोमा गम्भीर चोट लागेको छ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए । सिटौला काठमाडौंदेखि नै चुनाव प्रचारप्रसारका लागि बालेनसँगै गएका थिए ।