
काठमाडौं, फागुन १ :
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ‘प्रतिज्ञापत्र’ यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने जनाएको छ ।
पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । निर्वाचन आयोगले दलहरुलाई यही फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर एकप्रति आयोग समक्ष बुझाउन दलहरुलाई पटकपटक आग्रह गर्दै आएको छ । केही दिन यता दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्दै आएका छन् ।