काठमाडौं, फागुन ६ :

निर्वाचन आयोगको निर्देशनअनुसार हालसम्म ६ वटा राजनीतिक दल र ७ सय ३३ उम्मेदवारले खाता विवरण बुझाएका छन् । सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार जम्मा २२ प्रतिशतले मात्र निर्वाचन प्रयोजनका लागि अलग्गै खाता सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्  ।

हालसम्म कांग्रेस,जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा,नेपाली कम्युनिस्ट पार्टी (नेकपा),नेकपा (संयुक्त) र नेपालका लागि नेपाली पार्टीले मात्र खाता विवरण बुझाएको जिसीले बताए ।

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले खर्च पारदर्शीता र सुशासनका लागि अलग्गै खाता खोल्न निर्देशन दिएको थियो । अधिकांश दलका उम्मेदवारहरूले आफू खाता खोल्ने तयारीमै रहेको भन्दै आयोगलाई जवाफ दिएका छन् ।