शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

पहिरो पन्छाउन पृथ्वी राजमार्ग ३ बजेसम्म बन्द

· मंगलबार, १६ असोज, २०८१ मा प्रकाशित
पहिरो पन्छाउन पृथ्वी राजमार्ग ३ बजेसम्म बन्द
धादिङ, असोज १६ :

 विहानदेखि आज दिउँसो १ बजेसम्मका लागि बन्द गरिएको पृथ्वी राजमार्ग फेरि २ घण्टाका लागि बन्द गरिएको छ ।

अविरल बर्षापछि ठाउँठाउँमा गएको पहिरोले बाटो अबरुद्ध भएको र पन्छाउनका लागि राजमार्गमा सवारी साधन चल्न रोकिएको थियो । 

अझै केही समय पहिरो पन्छाउनुपर्ने भएकोले २ घण्टा थप बाटोमा सवारी साधन चल्न नदिने सडक कार्यालयले जनाएको छ । 

राजमार्गमा सवारी साधन चल्न नपाएपछि थानकोटबाट बाहिरिने सवारी साधनहरुको लाइन लागेको छ ।

बाहिरबाट काठमाडौँ भित्रने सवारी साधनहरुको पनि लामो लाइन लागेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार