.jpg)
धादिङ, असोज १६ :
विहानदेखि आज दिउँसो १ बजेसम्मका लागि बन्द गरिएको पृथ्वी राजमार्ग फेरि २ घण्टाका लागि बन्द गरिएको छ ।
अविरल बर्षापछि ठाउँठाउँमा गएको पहिरोले बाटो अबरुद्ध भएको र पन्छाउनका लागि राजमार्गमा सवारी साधन चल्न रोकिएको थियो ।
अझै केही समय पहिरो पन्छाउनुपर्ने भएकोले २ घण्टा थप बाटोमा सवारी साधन चल्न नदिने सडक कार्यालयले जनाएको छ ।
राजमार्गमा सवारी साधन चल्न नपाएपछि थानकोटबाट बाहिरिने सवारी साधनहरुको लाइन लागेको छ ।
बाहिरबाट काठमाडौँ भित्रने सवारी साधनहरुको पनि लामो लाइन लागेको छ ।