काठमाडौं, फागुन १९ :

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा ७ जना एआईजी खटाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन सम्पन्न भएपछि मात्रै फिर्ता हुने गरी हेडक्वार्टरबाट एआईजीहरुलाई सातै प्रदेशमा खटाएका हुन् ।

जसअनुसार कोशी प्रदेशमा एआईजी राजन अधिकारी, मधेसमा डम्बर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशीलसिंह राठौर र सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठलाई खटाइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको सुरक्षामा अहिले एआईजी ईश्वर कार्कीको नेतृत्वमा छ ।  निर्वाचन सुरक्षामा देशभर करीब ७५ हजार प्रहरी खटिएका छन् ।