
काठमाडौं, फागुन २२ :
वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी नेत्रृ रञ्जु (दर्शना) न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन् । यसअघि २०७४ मा उनि २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी भएकी थिइन् ।
उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत थिइन् । उनले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुलेकी छन् । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उनी सामाजिक अभिन्ताका रुपमा परिचित छिन् ।