
काठमाडौं, फागुन २३ :
जेन-जी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले भोलि आइतबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । आयोगका एक पदाधिकारीले भने, 'प्रतिवेदन लेखनका सकिए पनि रुजु गर्ने काम गरिरहेका छौं, आजै सबै सकेर बुझाउने तयारी हुन्छ ।
जाँचबुझ आयोगका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीसँग समयका लागि कुराकानी भइरहेको छ । सरकारले असोज ५ गते ३ महिनाको म्याद दिएर विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।
आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, निर्वाचनमा जोखिम हुनसक्ने आँकलन गरेर सरकारले म्याद थप गरेको थियो । पछिल्लोपटक थपिएको समय आइतबार सकिँदैछ ।