
भक्तपुर- १ मा रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी भएका हुन् ।
रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरे भने सुवालले २८ हजार १४७ मत प्राप्त गरे। कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाए । भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रास्वपाका रुकेश रन्जितले जनताले दिएको जिम्मेवारी र जनतासंग गरिएको वाचाहरुलाई पूरा गरिने बताए । देशको नीति निर्माण गर्ने कामको अभिभारालाई समेत गम्भीरतापूर्वक निर्वाह गर्ने उनको भनाइ छ ।
यसअघि भक्तपुर क्षेत्र नं १ मा २०४८ सालदेखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुँदै आएका थिए । रास्वपाका रुकेश रन्जितको जितसंगै भक्तपुर १ मा नेमकिपाको लगातारको जितको श्रृखला अन्त्य भएको छ ।