
झापा, फागुन २३ :
सबैभन्दा चर्चित क्षेत्र मानिएको झापा निर्वाचन क्षेत्र- ५ को मतगणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८८ हजा ४४१ मत गणना भइसकेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। हाल झापा–५ मा करिब १७ हजार ९३१ मत गन्न बाँकी रहेका छन्। बालेनको जित निश्चित भइसकेको छ ।