जुम्ला, फागुन २३ :

जुम्ला-१ मा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाही १४हजार ८१६ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन् ।शाही ३ हजार १८१ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गरे । राप्रपाको यो पहिलो जित हो । अन्य उम्मेदवारहरु मतगणना भइरहेको क्षेत्रमा निकै पछि परेका छन् ।