काठमाडौं, फागुन २३ :

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  हालसम्म ५७ क्षेत्रमा विजयी भएको छ । आज साँझ ५: ४५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म ७४ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १०  क्षेत्रमा जित हासिल गरेको छ भने ११  स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा नौ स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट  हालसम्म दुई उम्मेदवार विजयी भएका छन् भने ५ स्थानमा अग्रता लिएका छन् । यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।