
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्।
उनले सोमबार निर्वाचन आयोगमा सबैभन्दा अगाडि नै चुनावी खर्च विवरण बुझाएका हुन् । उनले बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।
शाहले उम्मेदवारी दर्तादेखि घरदैलो गर्दा भएको खर्चको विवरण बुझाएका छन् । १४ लाखमा सबैभन्दा धेरै वडास्तरीय घरदैलो गर्ने क्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। १५ दिनको अवधिमा उक्त खर्च भएको देखाइएको छ ।
जसअनुसार सवारी साधन भाडा खर्च (२ वटा सवारी) १५ दिन को २९३,८०० , हवाई भाडा ५ पटकको ३५,०००, मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च ५८ जनाको २८,९७०, वडा स्तरीय प्रचार कार्यक्रम (१५ दिने घर दैलो) को ५८०,००० ,नमुना मतपत्र छपाईमा ४९,८५०, झापा ५ क्षेत्रीय निर्वाचन कार्यलय संचालन पानी खर्च १२०,००० , झापा ५ क्षेत्रीय निर्वाचन कार्यलय संचालन स्टेशनरी खर्च २२,८२०, प्रचार प्रसार सामाग्री छपाई (झण्डा एवं ब्याच) को लागि १५७,०४१, प्रचार प्रसार सामाग्री (ब्यानर तथा स्टीकर) ११९,८०८ र मनोनयन दर्ता गर्दा १० हजार गरी कुल १४ लाख १७ हजार २८९ रुपैया खर्च भएको बालेनले बुझाएको विवरणमा उल्लेख गरेका छन् ।