
भक्तपुर, फागुन २९ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच आज भेट भएको छ । ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका बखत ओली र प्रचण्डबीच भेट भएको हो ।
प्रतिनिधि सभा निर्वाचनपछि दुई नेताबीचको यो पहिलो भेट हो । ‘चुनावपछि ओलीसँग पहिलो भेट भएको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी दिए।