शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सरकार गठनबारे रास्वपाका ४ शीर्ष नेताबीच छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
सरकार गठनबारे रास्वपाका ४ शीर्ष नेताबीच छलफल
काठमाडौं, चैत ५ :

करिब दुई तिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकार गठनका लागि पार्टीमा छलफल थालेको छ । रास्वपाका ४ शीर्ष नेताहरुबीच बिहीबार छलफल भएको छ । 

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति डीपी अर्याल र  उपसभापति स्वर्णीम वाग्लेबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाएसँगै रास्वपाले नयाँ सरकार गठनलाई तीव्रता दिएको हो ।

वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भए पनि अन्य को-को मन्त्री बन्ने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । उपसभापति वाग्लेले सार्वजनिक गरेको छलफलको तस्विरमा रवि र बालेनले कालो रङको कपडा लगाएका छन् भने उपसभापतिद्वय वाग्ले र अर्यालले सर्ट,पाइन्ट र कोट लगाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार