काठमाडौ, चैत १० :

कोलम्बियाको एक सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको छ।

उद्धारकर्ताहरूले दर्जनौं घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याएका छन् भने अझै चार जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको एक उच्च अधिकारीले बताएका छन्।

दुर्घटनाग्रस्त विमानमा कुल १२८ जना सवार थिए जसमा ११ जना वायुसेना सदस्य, ११५ जना सेना कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेको बताईएको छ ।

अधिकारिहरूले पहिले दिएको तथ्यांकको तुलनामा मृत्यु हुनेको संख्या झण्डै दोब्बर पुगेको छ र घटनास्थलमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।

रक्षा मन्त्री पेद्रो सान्चेजका अनुसार यो दुर्घटना पेरुसँगको सीमामा रहेको पुएर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा भएको हो।