मध्यपूर्वमा जारी द्वन्द्वका बीच आज आबु दाबीमा भएको एक आक्रमण अवरोध पछि खसेका अवशेषका कारण सात जना नेपाली घाईते भएका छन् । यसैगरी पाँच भारतीय पनि भएका छन्।
आबु दाबी मिडिया अफिसले सामाजिक संजाल एक्समार्फत जानकारी दिँदै अजबान क्षेत्रमा भएको उक्त घटनामा घाईते भएका ७ जना नेपाली नागरिक मध्ये १ जना नेपाली नागरिक गम्भीर रूपमा घाइते भएको जनाएको छ । ५ जना नेपाली र ५ जना भारतीय नागरिकलाई सामान्यदेखि मध्यम खालका चोट लागेको छ जनाएको छ।
साथै कार्यालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र हल्ला वा अपुष्ट जानकारी नफैलाउन पनि आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।