
काठमाडौं, चैत २२ :
नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । १२ औं नम्बरमा यो मुद्दाको पेसी तोकिएको हुँदा दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा पुग्दै छन् । रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का र उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च जाने भएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
निर्वाचनसम्म चुपचाप रहेको कांग्रेसको विवाद पुन: बल्झिएको छ । देउवापक्षीय कांग्रेस थापालाई सभापति मानेन नियमित महाधिवेशनसम्म जाने अवस्था देखिदैन ।