काठमाडौं, चैत ३० :

हंगेरीका लामो समयदेखि प्रधानमन्त्री रहेका भिक्टर ओरवानले संसदीय निर्वाचनमा पराजय स्वीकार गरेका छन् ।  

आंशिक आधिकारिक नतिजाले पिटर म्यागयारको टिसा पार्टीले भारी जित हासिल गरेको देखाएपछि उनले पराजय स्वीकार गरेका हुन्।

म्याग्यारले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री विक्टर ओर्बानले भर्खरै मलाई फोन गरेर हाम्रो जितको बधाई दिनुभयो।”

मतगणनाको ५३.४५ प्रतिशत क्षेत्रको नतिजा आउँदा पिटरको पार्टीले ५२.४९ प्रतिशत मत पाएको छ भने ओर्बानको फिडेज पार्टीले ३८.८३ प्रतिशत मत प्राप्त गरेको छ।

धन्यवाद, हंगेरी! भन्दै म्याग्यारले सामाजिक संजालमा एक्समा लेखेका छन्।