काठमाडौं, वैशाख ३ :

काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध  १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी गर्दै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दाय गरेको हो।  

२०७८ वैशाख १ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदबाट अवकास पाएका तिवारीको यो अवधिमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा सम्पत्ति देखिएको आरोपत्रमा उल्लेख गरिएको छ। 

उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि मुद्दा दायर गर्नु अघि अख्तियारले छानबिन गरेको थियो।अख्तियारले उनकी पत्नी मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ।