काठमाडौं, वैशाख ४ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ अस्पताल पुगेर  नेकपाका संयोजक प्रचण्डले भेटेका छन् । पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए। 

दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित रहेको बताइए पनि पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत चासो र चिन्ता व्यक्त भएको बुझिएको छ  । उनले ओलीलाई स्वास्थ्यलाभको काम गरे । अस्पतालले ओलीलाई हिजो आइसीयुबाट सामान्य वार्डमा सारेको छ । केही दिनमा डिस्चार्ज गरिने अस्पताल प्रशासनले जनाएको छ ।