
काठमाडौं, वैशाख ४ :
जिल्ला प्रहरी परिसर काठमाडौंले जेन–जी आन्दोलनका क्रममा फरार रहेका २५२ जना कैदीबन्दी तथा थुनुवालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता पवनकुमार भट्टराईले १६२ जना कैदी र ९० जना थुनुवालाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार सो क्रममा १८१ थान हातहतियार समेत बरामद गरिएको छ भने लुटपाटमा संलग्न ५१ जनालाई पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले आन्दोलनका क्रममा फरार भएका व्यक्तिहरूको खोजीलाई प्राथमिकता दिँदै आएको छ।