काठमाडौं, वैशाख ४ :

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सुनुवाइ जारी रहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन् । विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले समय अभावका कारण उनले बहस गर्न पाएनन् ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि उक्त निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । अब जवाफी बहसपछि यो रिटमा आजै फैसला आउनसक्ने देखिएको छ ।