शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश बागमती प्रदेश

कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही : थापा

विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही : थापा
हेटौंडा, वैशाख ७ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही भएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गरे । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उनले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताए ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पु-याउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार